नुवाकोट बेतीनी दुर्घटनामा ज्यान गुमाएका परिवारलाई काङ्ग्रेस नेता गुरुङको पहलमा आर्थिक सहयोग
नुवाकोट,चैत २० । जिल्लाको बेतीनी दुर्घटनामा ज्यान गुमाएका परिवारलाई काङ्ग्रेसका युवा नेता सन्जिव गुरुङको पहलमा आर्थिक सहयोग गरिएको छ ।
नुवाकोट काङ्ग्रेसका युवा नेता तथा नुवाकोट तरुण दल क्षेत्र नम्बर १ का क्षेत्रीय कार्यसमितिका पदाधिकारीहरुको सहयोगमा एकमुष्ट ४० हजार रकम मृतकका परिवारलाई प्रदान गरिएको हो ।
दुप्चेश्वर बेतिनीमा जीप दुर्घटनामा परी सानु कान्छी तामाङ्ग, छिरीङ्ग तामाङ्ग र मनमाया तामाङ्गको ज्यान गएको थियोे ।
जुटेको सहयोग रकममा तरुण दलका सन्जिव गुरुङबाट १० हजार, दिलिप भट्टराई १० हजार, सुजन लामा २ हजार, राजेन्द्र गुरुङ ५ हजार, राजन ढकाल ३ हजार, गामबेसी थकाली भान्साघर ५ हजार ५, झमकराज गुरुङबाट ३ हजार र कुमार लामाबाट २ हजार रकम प्राप्त भएको थियोे ।

