तीन किसिमका पेट्रोलियम पदार्थको मूल्य लिटरमै १०/१० रुपैयाँले घट्यो, डिजेल १० महीनाकै सस्तो
काठमाडौं,चैत २१ । नेपाल आयल निगमले तीन किसिमका पेट्रोलियम पदार्थको मूल्य १०/१० रुपैयाँले घटाएको छ ।
निगमले डिजेल, मट्टितेल र हवाइ इन्धनको भाउ एकै पटक लिटरमा १०/१० रुपैयाँले घटाएको हो । सोमवार रातिदेखि लागू हुने नयाँ मूल्य अनुसार पेट्रोलको भाउ लिटरमा ३ रुपैयाँले घटाइएको छ । खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ ।
डिजेलको भाउ एकैपटक १० रुपैयाँले घटेपछि नेपालमा पछिल्लो १० महीना यताकै सस्तो भएको छ । यस अघि गत असारमा डिजेलको भाउ १६३ रुपैयाँ थियो । त्यसयता पहिलोपटक डिजेलको भाउ १६५ रुपैयाँमा आएको हो ।
पेट्रोलको मूल्य अब लिटरको १७५ रुपैयाँ कायम भएको छ । यस अघि गत पुसमा केही दिन पेट्रोलको मूल्य १७५ रुपैयाँ थियो ।

