इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपि पनि लेख्न सकिने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं,चैत २२ । सोमवार बसेको मन्त्रिपरिषद बैठकले सवारी साधनको इम्बोस्ड नम्बर प्लेट देवनागरी लिपिमा पनि लेख्न सकिने निर्णय गरेको छ ।
सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी अक्षर र अंक लेख्न मिल्ने व्यवस्था मात्र थियो । त्यसलाई संशोधन गरेर देवनागरी लिपिमा पनि लेख्न मिल्ने व्यवस्था थप गरिएको जानकारी दिइन् ।
बैठकले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को अनुसूची–२ मा हेरफेर गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

