दुई दिन भित्र सरकारले शतप्रतिशत पूर्णता पाउँछ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं,चैत २३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड” ले अबको दुई दिन भित्र सरकारले शतप्रतिशत पूर्णता पाउने बताएका छन् ।

बुधबार नेकपा (माओवादी केन्द्र) केन्द्रीय सहकारी तथा गरीवी निवारण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताउनुभएको हो ।

उनले सरकारले लगभग पूर्णता पाइसकेको र अबको दुई दिन भित्रमा पूर्ण रुपमा सरकार बिस्तार हुने बताए । प्रधानमन्त्री प्रचण्डले अब सरकारको ध्यान पूर्णरुपमा सरकारको नीति बनाउने र बजेट निर्माणमा नै केन्द्रीय हुने बताए ।

उनले अबको बजेटमा गुणात्मक रुपमा र जनताले केही राहत पाउनेगरी बजेट निर्माण गर्ने प्रतिवद्धता जनाए । जनताले फरक अनुभुति गर्न नसके अहिलेसम्मका सम्पूर्ण परिवर्तन धरापमा पर्नसक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्