ज्याकेट र मोवाईल डुंगामा राखेर मकवानपुरको इन्द्रसरोबर तालमा हामफालेका सुबेदी मृत फेला
काठमाडौं,चैत २२ । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका मार्खुमा रहेको इन्द्रसरोबर तालमा बेपत्ता भएका काठमाडौंको छैमलेका ३३ वर्षीय राज कुमार सुवेदी मृत फेला परेका छन् ।
ईन्द्रसरोवर तालमा डुङ्गामा सयर गर्नेक्रममा बुधबार बिहान काठमाडौंको छैमलेका ३३ वर्षीय राज कुमार सुवेदी बेपत्ता भएका थिए । डुङ्गामा चडी ताल घुम्ने क्रममा डुङ्गामा ज्याकेट र जुत्ता, मोबाईल छोडी तालमा हामफालेका सुवेदी बेपत्ता भएपछि उनको खोजीकार्य भएको थियो ।
खोजी कार्यको क्रममा उनको शव फेला परेको हो ।

