प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि भोलिदेखि आचारसंहिता लागू



काठमाडौं,चैत २३ । २०८० वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि भोलि (चैत २४ गते) देखि निर्वाचन आचारसंहिता लागु गर्ने भएको छ ।

निर्वाचन आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी चितवन, बारा र तनहुँ जिल्लाभर निर्वाचन आचारसंहिता, २०७९ को सम्पूर्ण व्यवस्था लागू गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्