ब्याजदर तत्काल नियन्त्रण होस्, सरकारले नीजि क्षेत्रलाई फरक दृष्टिले हेर्दा अर्थतन्त्र नै धरायासी बन्योः ढकाल



काठमाडौं,चैत २४ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले तत्काल ब्याजदर नियन्त्रण आग्रह गरेका छन् ।

नेपाल–जर्मन उद्योग वाणिज्य संघको २९ औं वार्षिक साधारण सभामा वरिष्ठले उपाध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले भने,–’सरकारले तत्काल ब्याजदर नियन्त्रण गर्नुपर्छ । ब्याजदर नियन्त्रण गर्न नसके उद्योगी व्यवसायी एक भयानक अवस्था पुग्छन् ।’

सोही अवसरमा सरकारले निजि क्षेत्रलाई हेर्न दृष्टिकोण परिवर्तन हुनु जरुरी रहेको ढकालले बताए । सरकारले नीति क्षेत्रलाई हेर्न दृष्टि फरक भएकाले नै अहिले अर्थतन्त्र धरासायी बन्दै गएको उनको तर्क थियो ।

उनले भने,–’सरकारले गाडिमा लगाएको प्रतिबन्दले अर्बौ राजस्व गुमाएको छ । सरकारले नीजि क्षेत्रलाइ नाफा दिन्छ । यसले अटो सेक्टरलाइ ध्यान दिदैन भन्ने सोच नकरात्मक छ ।’

उद्योग वाणिज्य महासंघले सरकारसंग राखेका माग र सुझाव पनि कार्यन्वयन नहुने गरेको उनले आरोप पनि लगाए ।

प्रतिक्रिया दिनुहोस्