‘पर्पल स्याटर्डे : १६औं दरबारमार्ग सडक महोत्सव’ हुँदै



काठमाडौं,चैत २६ । नयाँ वर्ष २०८० को अवसरमा वैशाख २ मा काठमाडौंको दरबारमार्गमा ‘पर्पल स्याटर्डे : १६औं दरबारमार्ग सडक महोत्सव’ आयोजना हुने भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ, दरबारमार्ग विकास बोर्ड र रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान)ले महोत्सव आयोजना गर्न लागेका हुन् । महोत्सवको मुख्य प्रायोजक एनसेल आजियाटा रहेको छ ।

लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योगको मनोबल उच्च राख्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताइएको छ । आन्तरिक पर्यटनलाई प्रवर्द्धन गरी देशको पर्यटन विकासमा टेवा पुर्‍याउने र नेपाली उत्पादन, नेपाली परिकार तथा नेपाली संस्कृतिको प्रवर्द्धन गर्ने महोत्सवको मूल उद्देश्य रहेको आयोजकको भनाइ छ । महोत्सवमा कलाकारहरू दिपक वज्राचार्य एन्ड रिदम ब्यान्ड, कुटुम्ब, पहेँलो बत्तीमुनि, त्रिशाला गुरुङ, रोहित शाक्य, सिङ्क्रोनस, लाहुरे र दि एलिमेन्ट्स आदिले आफ्ना प्रस्तुति राख्नेछन् ।

प्रतिक्रिया दिनुहोस्