श्रेष्ठलाई रास्वपाले २४ घण्टे स्पष्टीकरण माग्यो
काठमाडौं,चैत २६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद ढाकाकुमार श्रेष्ठलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि पार्टीले स्पष्टीकरण सोधेको हो ।
अडियो प्रकरणबारे सत्यतथ्य छानबिन गरी तीन दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेश गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचारण समितिलाई निर्देशन दिएको छ।
रास्वपाले घुस मागेको अडियो सार्वजनिक भएपछि श्रेष्ठलाई साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको छ ।


