काङ्ग्रेस दलका नेता बहादुरसिंह लामा र तिर्थ लामाले लिए शपथ



काठमाडौं,चैत २६ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

उनले कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा र तिर्थ लामालाई मन्त्री बनाउँदै मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

दलका नेता लामालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ भने तिर्थ लामालाई खानेपानी सिंचाई तथा उर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

मन्त्रीद्वयले आजै पद तथा गोपनीयताको शपथ समेत लिएका छन् । आइतबार साँझ प्रदेश प्रमुख कार्यालय हेटौंडामा प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनीहरुलाई लाई शपथ खुवाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्