दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडियो सार्वजनिक भएपछि रास्वपा सांसद श्रेष्ठ निलम्बन



काठमाडौं,चैत २७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेको छ। श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि उनलाई पार्टीले निलम्बन गरेको हो ।

तर, सांसद  श्रेष्ठले आफूले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा नमागेको दाबी गरेका छन्।  आइतबार दिउँसो कपुरकोट मिडियाले सांसद श्रेष्ठले व्यवसायी प्रसाईंसँग स्वास्थ्य मन्त्री हुनका लागि २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक गरेको थियो। अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई एक साताका लागि निलम्बन गरेको छ। 

उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको अडियो रेकर्ड कपुरबोट मिडियको फेसबुक पेजमा छ ।

प्रतिक्रिया दिनुहोस्