गोरखा सदरमुकाममा आजदेखी ८औं अन्डर १३ राष्ट्रिय फुटबल प्रतियोगिता सुरु
गोरखा,चैत २७ । गोरखा सदरमुकाममा आजदेखी द ओसन ८औं अन्डर १३ राष्ट्रिय फुटबल प्रतियोगिता सुरु भएको छ । खेल गोरखा नगरपालिका–९ को लक्ष्मीबजार स्थित दलभञ्ज्याङको आर्टिफिसिएल टर्फमा सुरु भएको हो ।
द ओसन क्लबको आयोजनामा सुरु भएको खेल चैत्र मसान्त अर्थात ३० गतेसम्म सञ्चालनमा आउने क्लबका अध्यक्ष अमित खत्रीले जानकारी दिए । अध्यक्ष खत्रीका अनुसार गोरखा सहित १२ समूहले प्रतियोगितामा सहभागीता जनाउने छन् ।
लिग र लिगकम नकआउट गरी २ चरणमा खेलाईने खेलका लागि गोरखा र काठमाडौं जिल्ला भित्रका ३–३ समूहको सहभागिता रहेको छ भने ललितपुर, चितवन, बारा, झापा र तनहुँ जिल्लाको १–१ समूहको सहभागिता रहेको द ओसन क्लबले जानकारी दिएको छ ।
प्रतियोगितामा प्रर्थम र द्वितिय हुनेलाई क्रमश. २० हजार र १० हजार नगद सहित मेडलका साथै प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै गरी, सबै खेलमा उत्कृष्ठ खेल प्रर्दशन गर्ने १–१ खेलाडीलाई म्यान अफ दि म्याच घोषित गरी पुरस्कार दिने पनि क्लबले जनाएको छ ।
प्रतियोगिताको लागि गोरखा नगरपालिका तथा वढा नम्बर ९ ले आर्थिक सहयोग गरेको र जिल्लाका अन्य स्थानिय तहले पनि आर्थिक सहयोग गर्ने अध्यक्ष खत्रीले जानकारी दिए ।
खेल अवधिभर ९ लाख खर्च हुने अनुमान गरेको क्लबले ९ लाख ४८ हजार रुपैयाँ आर्थिक सहयोग जुटाउने अनुमान गरेको छ ।
खेल साेमबार बिहान ८ बजेदेखी दलभञ्ज्याङको आर्टिफिसिएल टर्फमा सुरु भएको क्बलले जानकारी दिएकाे छ । खेलकाे उद्घाटन भने दिउसाे गाेरखा नगरपालिकाका मेयर कृण्णबहादुर राना मगरले गर्ने कार्यक्रम तय भएकाे छ ।

