महासंघको साधारणसभा आज



काठमाडौं,चैत २८ । नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारणसभा आज (मंगलवार) शुरू हुँदै छ । मंगलवार र बुधवार गरी २ दिन चल्ने साधारणसभाबाट नयाँ कार्यसमिति पनि चयन हुनेछ ।

कार्यसमिति चुनावको मतदान बुधवार बिहान ८ बजेदेखि काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने महासंघले जनाएको छ । मतदानबाट छानिने वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र कार्यकारिणी सदस्य गरी ६४ पदका लागि ११९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

महासंघको १ वरिष्ठ उपाध्यक्षका लागि ३ जना, ३ उपाध्यक्षका लागि ८ जना र ५८ सदस्यका लागि १०४ जना उम्मेदवारले निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् । महासंघको चुनावमा वरिष्ठ उपाध्यक्षलाई व्यापक चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्