राजस्व हिनामिना गरेको भन्दै मालपोत कार्यालय पर्साका प्रमुख सहित ५ जना विरूद्ध आरोपपत्र दायर
पर्सा,चैत २९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, पर्साका तत्कालीन कार्यालय प्रमुखद्वय प्रकाशप्रसाद पोखरेल र गमबहादुर विश्वकर्मा, नायब सुब्बा मदनप्रसाद गुप्ता र लेखापाल नागेन्द्रप्रसाद चौधरीमाथि आरोपपत्र दायर गरेको छ । उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान ऐन, २०४८ को दफा १८ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आरोपपत्र दायर गरिएको हो ।
आर्थिक वर्ष २०७२/७३ मा जग्गा किनबेचको क्रममा विभिन्न लिखतबाट उठेको राजस्व रकम नियमानुसार दाखिला नगरी हिनामिना गरेको उजुरीका आधारमा अनुसन्धान गरी आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
उनका अनुसार राजस्वबापत प्राप्त हुने रकम उठाउने र बुझाउने सन्दर्भमा निरन्तर अनुगमन गर्नुपर्नेमा कुनै अनुगमन नगको, कार्यकालमा सङ्कलन भएको राजस्व रकममध्ये रु ९३ लाख ६६ हजार दुई सय नौ रुपैयाँ प्रतिवादी गुप्ताले हिनामिना गरेको उल्लेख छ । हिनामिनामा प्रोत्साहन गरी राजस्व दाखिला नगराएकोमा पोखरेललाई दोब्बर जरिवानासमेतको मागदाबी गरेको छ ।
त्यस्तै राजस्वको निरन्तर अनुगमन गर्नुपर्नेमा अनुगमन नगरी रु एक लाख ४१ हजार आठ सय २५ प्रतिवादी गुप्तालाई राजस्व हिनामिनामा प्रोत्साहन गरी राजस्व दाखिला नगराएकोमा विश्वकर्मालाई दोब्बर जरिवाना हुने गरी मागदाबी गरेको हो ।

