बैतडीको झौलेक भिरमा जिप दुर्घटना, छ जनाको मृत्यु (नामावलीसहित)



बैतडी,चैत २९ । बैतडी-बझाङ जोड्ने जयपृथ्वी मार्गको खोड्पे-विन्द्रावन सडक खण्डको झौलेक भिरमा जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ। पाँच जना हाम फालेर बाँच्न सफल भएका छन्। 

पाटन नगरपालिका-८, झौलेक गाउँ जाने बाटो नजिक भिरबाट दुर्घटना भएको जिप करिब पाँचसय मिटर तल भिरमा खसेको छ । घटनास्थलमा बैतडीका प्रमुख जिल्ला अधिकारी शुरेश पन्थी सुरक्षाकर्मीसहित पुगेका छन् । 

झुलाघाटबाट बझाङको बागथलातर्फ गइरहेको से १ ज ७६४ नम्बरको भण्डारी ट्राभल्स लेखेको जिप राति ११ :०० बजे दुर्घटना  भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परेर मृत्यु हुनेमा बझाङको केदारस्यु गाउँपालिका -५, का मने बोहरा ( वर्ष ६०)  गोरख बोहरा (३५) नरे बोहरा (४०) विर्ख धामी ( ४५) मानबहादुर धामी  (४५)  वीरे धामी (४५) को मृत्यु भएको छ।   मृतक सबै बझाङका हुन्। 

प्रतिक्रिया दिनुहोस्