रौतहटमा गोली चल्दा एक जना घाइते



रौतहट,चैत २९ । रौतहटको गरुडा बजारमा गोली चल्दा एक जना घाइते भएका छन् । मेयरका उम्मेदवार दीपक यादवको टोलीले गरुडा नगरपालिकाको कार्यालयमा ताल्चा लगाउन खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो ।

प्रदर्शनकारी र प्रहरीबीच बुधबार भएको झडपमा गोली लागेर गरुडा नगरपालिका वडा नम्बर – ५ स्थित लक्ष्मीपुरका २२ वर्षीय गजेन्द्र यादव घाइते भएकाे हुन् ।

उनकाे दाहिने हातमा गोली लागेर घाइते भएका हुन् । यादवलाई उपचारका लागि अस्पताल लागिएको छ ।

प्रतिक्रिया दिनुहोस्