उद्योग वाणिज्य महासंघको मतदान सकियो, ८ बजेदेखि मतगणना सुरु
काठमाडौं,चैत २९ । नेपाल उद्योग वाणिज्य महासंघको मतदान सकिएको छ । महासंघका आगामी नेतृत्व चयनका लागि बुधवार मतदान भएको थियो ।
काठमाडौं प्रज्ञाप्रतिष्ठान मतदान विहान १० बजेदेखि सुरु भएको थियो । निर्वाचन अधिकृत लिलामणी पौडेलकाअनुसार जम्म १ हजार ८८९ मत खसेको छ । जसमध्ये एसोसिएट तर्फ १ हजार ६४९ मत खसेको छ । एसोसिएत तर्फ भने १५ मत नखसेको निर्वाचन अधिकृत पौडेलले जानकारी दिए ।
उनका अनुसार जिल्ला तर्फ ११७, बस्तुगत तर्फ १२३ मत खसेको छ । मत गणना भने ८ बजेदेखि सुरु हुनेछ ।
महासंघको विधान अनुसार अहिले निर्वाचित हुने बरिष्ठ उपाध्यक्ष नै अगामी कार्यकालमा स्वतः अध्यक्ष हुनेछ । सो व्यवस्थाले वर्तमान बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल महांघको स्वत अध्यक्ष बन्दैछन् । महासंघको वरिष्ठ उपाध्यक्ष जित्नु भनेको भावी अध्यक्ष बन्नु हो । यही कारण महासंघमा बरिष्ठ उपाध्यक्षकै नेतृत्वमा चुनावी प्रतिस्पर्धा हुने गरेको छ ।
महासंघको आगामी नेतृत्व लिन अन्जन श्रेष्ठ, रामचन्द्र संघई र उमेशलाल श्रेष्ठले प्यानल नै बनाएर वरिष्ठ उपाध्यक्षमा उम्मेदवार दिई चुनावी मैदानमा उत्रिएका छन् । यस्तै, जिल्ला/नगरतर्फको उपाध्यक्षका लागि ३, वस्तुगत तर्फको उपाध्यक्षका लागि ३ र एसोसिएटतर्फको उपाध्यक्षका लागि २ जनाको उम्मेदवारी छन् ।
त्यसैगरि निर्वाचनमा विभिन्न ६४ पदका लागि ११६ जनाले प्रतिस्पर्धा गरेका छन् । जिल्ला/नगरतर्फ १८ सदस्यका लागि ३२, वस्तुगततर्फ १४ सदस्यका लागि २८ र एसोसिएटतर्फ १९ सदस्यका लागि २९ जनाको उम्मेदवारी परेको छ । प्रदेश सदस्यतर्फ कोशीमा १ सदस्यका लागि ३ जना, मधेशमा १ सदस्यका लागि २, बागमतीमा १ सदस्यका लागि २ जनाले उम्मेदवारी दिएका छन् ।
यता, गण्डकीमा १ सदस्यका लागि २ जना, कर्णालीमा १ सदस्यका लागि ३ र सुदूरपश्चिममा १ सदस्यका लागि २ जनाले उम्मेदवारी दएका छन् ।

