प्रहरीले फेला पारेको २ थान मोटरसाइकल धनीलाई फिर्ता
गोरखा,चैत २९ । गोरखा सदरमुकामबाट एकै दिनमा हराएका २ वटा मोटरसाइकल फेला परे पछि प्रहरी सम्वन्धीत धनीलाई फिर्ता गरिएको छ । चैत्र २४ गते शुक्रबार राती २ वटा मोटरसाइकल चोरी भएका थिए ।
एकै रातमा चोरी भएका बा. ६० प ५५६ र प्रदेश ३–०२–००४ प १६७३ नम्बरको मोटरसाइल फेला परे पछि सम्वन्धीत धनीलाई गोरखा प्रहरीले फिर्ता गरेको हो । ५५६ नम्बर मोटरसाइकल गोरखा नगरपालिका–८ को रानीबन क्षेत्रबाट चोरी भएको थियो भने १६७३ नम्बरको मोटरसाइकल गोरखा नगरपालिका–६ को छहरेबाट चोरी भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिए ।
रानीबनबाट हराएको मोटरसाइकल प्रहरीले उत्तरी गोरखाको आरुघाट गाउँपालिका–४ को आरर्खेतमा चैत्र २८ गते फेला पारेको थियो भने छहरेबाट हराएको मोटरसाइकल गोरखा नगरपालिका–८ को आहाले जंगलमा फेला पारेको थियो ।
प्रहरीले फेला पारेको दुवै मोटरसाइकल सवारी धनीलाई प्रमाण सहित बुझाएको पनि कार्यालयले जनाएको छ ।

