राष्ट्रपति पौडेलद्वारा विभिन्न क्षेत्रमा योगदान गरेका ९८२ जनालाई विभूषण प्रदान
काठमाडौं,बैशाख १ । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरूलाई विभूषण प्रदान गरिएको छ ।
असोज ३ गते संविधान दिवसका दिन घोषित विभूषणमध्ये नेपाल रत्न, राष्ट्र गौरब, सुप्रसिद्ध प्रबल जनसेवाश्री, प्रसिद्ध प्रबल जनसेवाश्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रवल जनसेवाश्री, कीर्तिमय राष्ट्रदीप, प्रबल जनसेवाश्री, राष्ट्रदीप र जनासेवाश्री प्राप्त गरेकाहरूलाई आज शितल निवासमा विभूषित गरिएको हो ।
राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित थियोे ।

