वर्षमान पुनकी आमालाई आफ्नै सुरक्षाकर्मीले गोली हाने
काठमाडौं,बैशाख २ । सुरक्षार्थ खटिएका पिएसओले गोली चलाउदा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’की आमा घाईते भएकी छिन् । शुक्रबार साँझ नयाँ वर्षको अवसरमा घरमै खानपीन चलिरहेका बेला वर्षमानकी आमा तिर्थमालीमाथि पिएसओले गोली चलाएका हुन् ।
उनको अहिले ट्रमा सेण्टरमा उपचार भैरहेको छ । गोली प्रहार गर्ने नातामा नाति पर्ने प्रहरी सहायक हवलदार प्रकाश पुनमगर हुन । उनलाई प्रहरीले नियन्त्रणमा लिएर दुई नम्बर गण पुर्याएको छ ।
बालुवाटारस्थित निवासमा भएको गोली प्रहारमा वर्षमानकी आमा तिर्थमाली शुक्रबार घाईते भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
वर्षमान पुन र उनकी धर्मपत्नी ओनसरी घर्तीमगर यतिबेला चीन उपचार गराइरहेका छन् । उनीहरु नभएको बेला घरमा आमाको सुरक्षार्थ खटिएका प्रहरीले गोली प्रहार गरेका थिए । गोली प्रहार गर्ने पुनमगरको दरवन्दी प्रहरी प्रधानकार्यालयस्थित सुरक्षा महाशाखामा रहेको छ ।

