राष्ट्रपति पौडेल बेलायत भ्रमणमा जाने



काठमाडौं,बैशाख ४ । राष्ट्रपति रामचन्द्र पौडेल बेलायत भ्रमणमा जाने तयारी गरेका छन् ।

बेलायतका राजा चार्ल्सको राज्याभिषेक कार्यक्रममा सहभागी हुन उनी बेलायत भ्रमणमा जान लागेका हुन् । बेलायती राजा चार्ल्सको राज्याभिषेक कार्यक्रम ६ मे अर्थात २३ वैशाखमा हुँदैछ ।

राष्ट्रपति निर्वाचित भएपछि पौडेलको यो पहिलो विदेश भ्रमणको तयारी हो ।

प्रतिक्रिया दिनुहोस्