सर्भर समस्याले अवरुद्ध लाइसेन्सको अनलाइन आवेदन दर्ता पुनः शुरू



काठमाडौं,बैशाख ५। सवारी चालक अनुमतिपत्र (License)को अनलाइन आवेदन दर्ता सोमवार ५ बजेदेखि शुरु हुने भएको छ । यातायात व्यवस्था विभागले सूचना प्रकाशित गर्दै  यसबारे जानकारी दिएको हो ।

विभागबाट सञ्चालित सवारी चालक अनुमतिपत्रसम्बन्धी EDLVRS GIDC (Government Integrated Data Center) सिंहदरवारमा रहेको डाटावेश सर्भरमा समस्या हुँदा केही दिनयता लाइसेन्ससम्बन्धी अनलाइन आवेदन दर्ता अवरुद्ध भएको थियो । 

विभागका एक कर्मचारीले सर्भरमा समस्याका कारण लाइसेन्सको अनलाइन आवेदन दर्ता तीन दिनदेखि अवरुद्ध भएको जानकारी दिए ।  

प्रतिक्रिया दिनुहोस्