एसीसी प्रिमियर कपमा नेपालको सानदार जित
काठमाडौं,बैशाख ५ । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा मलेसियालाई ६ विकेटले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो ।
मलेसियाले दिएको २ सय ३६ रनको लक्ष्य नेपालले ३६ ओभर २ बलमा ४ विकेट गुमाएर भेटायो । नेपालका लागि भीम सार्कीले ७१, कुशल मल्लले नटआउट ७०, कप्तान रोहित पौडेलले ४२ र कुशल भुर्तेलले ३८ रन बनाए । बलिङतर्फ मुहम्मद वकिफ, रिजवान हैदर, विजय उनी र विरनदीप सिंहले १।१ विकेट लिए ।
नेपालले दोस्रो खेल वैशाख ८ गते ओमानसँग खेल्नेछ । नेपालले साउदी अरबसँग वैशाख ११ गते मूलपानीमा खेल्नेछ । त्यस्तै, वैशाख १४ गते कतारसँग नेपालको खेल हुनेछ । सेमिफाइनल वैशाख १६ गते र फाइनल वैशाख १८ गते हुनेछ ।

