माेटरसाइकल दुर्घटनामा परी गोरखाका लक्ष्मण बानियाँको मृत्यु



गोरखा,बैशाख ५ । धादिङको चाम्बासमा आज भएको दुर्घटनामा परी गोरखा नगरपालिकाका १ जना युवकको मृत्यु भएको छ । मृक्तक युवक गोरखा नगरपालिका–९ निवासी २६ बर्षिय लक्ष्मण बानियाँ भएको धादिङ प्रहरीले जनाएको छ ।

काठमाडौबाट गोरखा तर्फ आउदै गरेको प्रदेश ३–०२–००६ प ५८२६ नम्बरको मोटरसाईकल र विपरीत दिशाबाट जादै गरेको बाग्मती प्रदेश ०२–०३२ प १६५५ नम्बरको स्कुटर एक आपसमा ठक्कर खादा बानियाँको मृत्यु भएको थियो ।

दुर्घटनामा परी गंभिर घाईते भएका बानियाँको गजुरीमा रहेको स्वास्थ्य संस्थामा उपचारको क्रममा मृत्यु भएको गजुरी प्रहरीले जानकारी दिएको छ ।

मंगलबार दिउसो ३ः१५ बजे गजुरी गाउँपालिका–२ को चाम्बास बिहानी पेट्रोल पम्प पृथ्वी लोकमार्गमा दुर्घटना भएको प्रहरीले जनाएको छ । बानियाँको उपचारको क्रममा दिउसो ३ः४० बजे मृत्यु भएको थियो ।

दुर्घटना पछी प्रहरीले स्कुटर चालक र स्कुटरलाई नियन्त्रणमा लिएकाे र घटनाकाे अनुसन्धान सुरु गरेकाे जनाएकाे छ । मृत्तक बानियाँकाे शव स्वास्थ्य संस्थामा नै रहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्