नुवाकोट उद्योग बाणिज्य सङ्घकाे नयाँ कार्यसमितिको अध्यक्षमा श्रेष्ठ
नुवाकोट,बैशाख ७ । नुवाकोट उद्योग बाणिज्य सङ्घकाे नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएका छन् । नयाँ कार्यसमितिको अध्यक्षमा राजेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।
समितिको बरिष्ठ उपाध्यक्षमा सन्ताेष उप्रेती, प्रथम उपाध्यक्षमा दिनेशकुमार श्रेष्ठ, द्वितिय उपाध्यक्षमा सविन राजभण्डारी, महासचिवमा उपेन्द्र बुढाथोकी, सचिवमा मधुसुदन थपलिया, काेषाध्यक्षमा मेघनाथ घिमिरे र प्रवक्तामा सुमन भण्डारी निर्वाचित भएका छन् ।
त्यस्तै कार्यसमितिका सदस्यहरुमा दिपक तिमिल्सिना, नमराज पाण्डे, पवन नेपाल, पुरुषाेत्तम कार्की, प्रेमलाल श्रेष्ठ, राजकुमार आचार्य, सन्जिव थपलिया, सुजित श्रेष्ठ, हरिकृष्ण तिमिल्सिना, नानू गुरुङ, सुजना खतिवडा, ज्ञानुमाया गिरि, पुरुषाेत्तम अधिकारी, सविन श्रेष्ठ चयन भएका छन् ।

