सर्लाहीमा ट्रककाे ठक्कर बाट २ जनाको मृत्यु



सर्लाही,बैशाख ७ । लालबन्दीमा आज बिहान ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक महोत्तरी गौशाला नगरपालिका–११ भरतपुर बस्ने २९ वर्षीय श्रवणकुमार महतो र मोटरसाइकलमै सवार १२ वर्षीय विक्रमकुमार महतो रहेका छन् ।

बिहीबार बिहान ७ः१५ बजे भएको दुर्घटनामा दुवै जनाको घटनास्थलमै मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्व जाँदै गरेको प्रदेश २–०३–००१ ख ८१५ नम्बरको ट्रकले सोही दिशाबाट जाँदै गरेको ना ३३ प ७५१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिइर अनुसन्धान थालेका जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्