गोरखाको दरौदी नदीमा करेन्ट लगाएर माछा मार्दै गरेका ४ जना पक्राउ



गोरखा,बैशाख ७ । दरौदीनदीमा करेन्ट लगाएर माछा मार्दै गरेका ४ जना युवाहरुलाई गोरखा प्रहरीले नियन्त्रणमा लिन सफल भएका छन् ।

सिरानचोक गाउँपालिका–७ को ओडारे स्थित दरौदी नदीमा करेन्ट लगाएर माछा मार्दै गरेका युवाहरुलाई ईलाका प्रहरी कार्यालय जौबारीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङ जिल्ला त्रिपुरा सुन्दरी गाउँपालिका(२ बस्ने बर्ष २८ को लिलामान कुमाल, ऐ। ऐ। बस्ने बर्ष २६ को सरोज कुमाल, ऐ। ऐ। बस्ने बर्ष २६ को राहुल कुमाल र ऐ। ऐ। बस्ने बर्ष २६ को रचिन कुमाल रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिए ।

बैशाख ६ गते दरौदी नदीमा माछा मार्दै गरेका उनीहरुलाई प्रहरीले दिउसो १ः३० बजे नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेकाहरुबाट १२ भोल्टको ब्याट्री थान(१, करेन्ट प्रवाह गर्ने भाटा थान(१, माछा थाप्न बनाएको जाल र माछा राख्न बनाएको फुर्लुङ सहित प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई सार्वजनिक अपराध अनुसारको मुद्वा दर्ता गरिएको र आवश्यक अनुसन्धान भई रहेकोले अन्य कानूनी धाराहरु आकर्षित भएको खण्डमा सरकारी वकिल संग परामर्श गरेर कानूनी कावारहीको लागि मुद्वा दर्ता गर्ने तयारी भई रहेको पनि प्रहरीले जनाकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्