त्रिखण्डीमा पिकनिक आएको बस पल्टीयो



काठमाडौं,बैशाख ९ । मकवानपुरमा मिनि बस दुर्घटना भएको छ । हेटौंडा–भैसे अन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–१ त्रिखण्डी मन्दिर नजिक बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

रौतहटको चन्द्रपुरबाट वनभोजका लागि मकवानपुरको त्रिखण्डी आएको ग १ ख ६१०७ नम्बरको बस दुर्घटनमा परेको हो । दुर्घटनामा परि दुई जना घाइते भएका छन् । घाइते हुनेमा बस चालक चन्द्रपुर नगरपालिका–५ बस्ने ३५ वर्षीय अजय चौधरी र सोही स्थान बस्ने अन्दाजी ६०र६५ वर्षीय चन्देश्वर चौधरी रहेका छन् ।

प्रहरीका अनुसार घाइते मध्ये अजयको बाहिरी चोट नदेखिए पनि भित्री चोट रहेको कारण अवस्था बेहोस छ ।

प्रतिक्रिया दिनुहोस्