प्रदेश नामकरण विषयलाई लिएर विराटनगरमा स्थानीय र प्रहरी बीच झडप



विराटनगर,बैशाख ९ । प्रदेश नामकरण विषयलाई लिएर  विराटनगरमा स्थानीय र प्रहरी बीच झडप भएको छ । पहिचानको आधारमा प्रदेशको पुन: नामकरण माग गर्दै आन्दोलनरत पक्ष र प्रहरीबीच झडप भएको हो ।

आन्दोलनरत पक्षले निषेधित क्षेत्र तोडेपछि झडप भएको हाे । मुख्यमन्त्री कार्यालयदेखि २०० मिटर उत्तरमा पर्ने सडकमा झडप हुँदा प्रहरीले अश्रुग्यास र लाठी प्रहार गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडिको बाटोलाई निषेधित क्षेत्र तोकेर प्रहरीले आवतजावतमा रोक लगाएपछि झडप भएको हो ।

प्रतिक्रिया दिनुहोस्