उपनिर्वाचन हुने क्षेत्रमा भोलि सार्वजनिक बिदा
काठमाडाैं,बैशाख ९ । सरकारले प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा भोलि सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले एक सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो ।
आइतबार बारा क्षेत्र नं २, चितवन क्षेत्र नं २ र तनहुँ क्षेत्र नं १ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।

