ढल्यो गण्डकी प्रदेश सरकार, अधिकारीको पक्षमा मात्रै २४ मत



काठमाडौं,बैशाख १० । मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिन नसकेपछि  गण्डकी प्रदेश सरकार ढलेको छ ।  सत्ता साझेदार नेकपा माओवादीले कांग्रेससँग सहकार्य गरेपछि अधिकारीको सरकार अल्पमतमा परिसकेको थियो ।

संसदमा उपस्थित संख्या ५९ जना रहेकोमा अधिकारीको पक्षमा २४ मत परेको छ भने विपक्षमा ३५ मत परेको हो ।

६० सिट रहेको प्रदेश सभामा नेपाली कांग्रेस २७ सांसद सहित पहिलो दल बनेको छ । २२ सिटसहित एमाले दोस्रो र ७ सिट रहेको माओवादी तेस्रो दल हुन् । 

अहिले गण्डकी प्रदेशको प्रदेश सभामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल रहेको छ । कांग्रेस र माओवादी मिल्दा सहज बहुमतको सरकार बन्ने देखिन्छ । 

नयाँ बनेको माओवादी-काँग्रेस समिकरण अनुसारनै मुख्यमन्त्री छनौट भए  नेपाली कांग्रेसबाट सुरेन्द्रराज पाण्डे संसदीय दलको नेता भएकाले अबको मुख्यमन्त्री पाण्डे हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्