राष्ट्रपतिको स्वास्थ्यमा क्रमिक सुधार
काठमाडौं,बैशाख १० । भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा क्रमिक सुधार रहेको छ।
उपचारमा संलग्न चिकित्सकले आइतबार उनको स्वास्थ्य अवस्था क्रमिक सुधार भइरहेको जानकारी दिएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।
राष्ट्रपति पौडेलको स्वास्थ्योपचार बुधबारदेखि नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा भइरहेको छ। उनी उपचारका लागि बुधबार नयाँ दिल्ली गएका थिए ।

