तनहुँ–१ मा रास्वपाका वाग्ले दोब्बर बढी मतान्तरले अगाडी



तनहुँ,बैशाख १० । तनहुँ–१ को मतगणना राष्ट्रिय स्वतन्त्र पार्टी [रास्वपा] का उम्मेदवार डा. स्वर्णिम वाग्ले दोब्बर बढी मतान्तरले अगाडी रहेका छन् ।

विहान ६ बजे सम्म नौ हजार दुई ४६ मत गणना हुँदा वाग्लेले पाँच हजार १९ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ  ।

नेपाली काँग्रेस गोविन्द भट्टराईले दुई हजार ३ सय ५१ मत पाउनु भएको छ भने एमालेका सर्वेन्द्र खनालले एक हजार ५१९ मत पाएका छन् । राती १२ः३० बजेबाट सुरु गरिएको मतगणना ४२ वडा मध्ये पाँच वटा वडाको मतगणना सम्पन्न भएको छ । १ लाख २३ हजार ३०५ मतदाता मध्ये ५२ प्रतिशत मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्