चितवन–२ उपनिर्वाचन : मंसिरभन्दा कम मत खस्यो



काठमाडौं,बैशाख ११ । प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनअन्तर्गत चितवन–२ मा पहिलेभन्दा कम मत खसेको छ । जिल्ला निर्वाचनको कार्यालयका अनुसार उपनिर्वाचनमा ७६ हजार ६२२ मत खसेको छ । यो कुल मतदाताको ६१ प्रतिशतभन्दा बढी हो । सो क्षेत्रमा १ लाख २४ हजार ६९८ कुल मतदाता छन् । 

गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा करिब ८४ हजार मत खसेको थियो । सो निर्वाचनमा ६७ प्रतिशतभन्दा बढी मत खसेको थियो । उपनिर्वाचनमा भने करिब ८ हजार मत कम खसेको छ । 

निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा सो क्षेत्रमा करिब ६० प्रतिशत मत खसेको छ । सो निर्वाचन क्षेत्रमा मत कम खसे पनि उपनिर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । 

सो निर्वाचन क्षेत्रको मतगणना आजै रातिबाट शुरु गरिने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्