नेपालमा पहिलो पटक फ्रुटीको ब्रान्ड एम्बेसेडर, अभिनेत्री उपासना सिंह ठकुरी चयन
काठमाडौं,बैशाख ११ । भारतको पेय पदार्थ कम्पनि पार्ले एग्रोले चर्चित पेय पदार्थ फ्रुटीलाई ३ वर्षको अन्तरालपछि नेपाली बजारमा पुनःल्याएको छ ।
नेपाली विज्ञापनको क्षेत्रमा क्लिन फिडको नियम लागू भएपश्चात् उक्त निर्णयको कदर गर्दै पार्ले एग्रोले पहिलो पटक फ्रुटीको ब्रान्ड एम्बेसेडर पनि तोकेको कम्पनीले जनाएको छ । अभिनेत्री उपासना सिंह ठकुरी फ्रुटीको ब्रान्ड एम्बेसेडरका रूपमा अनुबन्धित रहेको जनाकारी रहेको छ ।
उपासना सिंह भन्छिन्, “सानैदेखि म्याङ्गो फ्रुटी, फ्रेस एन्ड जुसी सुनेकै हुँ र फ्रुटीको फ्यान भएका कारण नेपाली बजारमा फेरि पनि फ्रुटी आएको कुरामा हर्ष व्यक्त गर्छु ।बहुप्रतिष्ठित ब्रान्डको पहिलो ब्रान्ड एम्बेसेडर हुन पाउँदा मलाई गर्व लागेको छ । हामीलाई खाजा, नास्ता गर्दा गर्मीको बेला फ्रुटी नै चाहिन्छ । नेपालमा फ्रुटीले फेरि पनि युवाहरूसामू आफ्नो छाप छोड्न भन्ने मलाई विश्वास छ । फ्रुटी १२५ मिलि तथा २०० मिलिको कार्टन प्याक तथा १५० मिलि, २५० मिलि र ५०० मिलिको पीईटी बोटलमा उपलब्ध छ ।
त्यसैगरी पार्ले स्याउको कार्बोनेटेड पेय – एप्पि फिज पनि बजारमा प्रस्तुत गरेको छ । नेपाली बजारका लागि यो नौलो पेय पदार्थ हो – जसमा कृत्रिम नभई साँच्चिकै स्याउको पेय पदार्थलाई कार्बोनेटेड गरिएको छ । एप्पि फिजका लागि अभिनेत्री प्रियङ्का कार्की ब्रान्ड एम्बेसेडर तोकिएकी छिन् ।
प्रियङ्का कार्की भन्छिन्,“एप्पि फिजको नेपालको पहिलो ब्रान्ड प्रतिनिधि हुन पाउँदा म निकै उत्साहित छु, र मेरो यो उत्साहलाई सबै नेपालीहरूसामू फैलाउन पनि चाहन्छु । एप्पि फिज अरू ड्रिङ्कहरूभन्दा फरक छ, यसको स्वाद पृथक् छ, नौलो छ । ताजापनका लागि कुनै ड्रिङ्क खानुहुन्छ भने म एप्पि फिज नै खानुहोस् भन्छु । एप्पि फिज १६० मिलि, २५० मिलि, तथा ५०० मिलिको एभ्त्बोटलमा उपलब्ध छ ।
फ्रुटी र एप्पि फिजलाई नेपालको हरेक कुनासम्म पुर्यातउने योजनाका साथपार्ले एग्रोले विशाल ग्रुपसँग साझेदारी गरेको छ । विशाल ग्रुपको साउथ एसियन बेभरेजले हाल नेपालमा फ्रुटी तथा एप्पि फिज पेय पदार्थ नेपालभरि वितरण गरिरहेको छ ।
पाले एग्रोकी सह(प्रबन्ध निर्देशक तथा सिएमओ नादिया चौहान भन्छिन्, “नेपाल अपार सम्भावना बोकेको बजार हो । फ्रुटीलाई फिर्ता ल्याएर, हामीले देशको पेय पदार्थ उद्योगमा सो सम्भावनालाई चरितार्थ गर्ने प्रतिबद्धता गरेका छौं । हाम्रो लक्ष्य फ्रुटी र एप्पि फिजलाई हरेकको रोजाइमा पार्नु हो र नेपाली उपभोक्तासँग गहिरो सम्बन्ध बनाउनु हो। फ्रुटीसँग पहिले नै देशमा बलियो ब्रान्ड सम्बन्ध छ, र हामी विकास र सफलताको लागि ठूलो अवसर देख्छौं।

