सिंहदरबारको फोहोर उठ्यो
काठमाडौं,बैशाख ११ । दुई सातापछि सिंहदरबारको फोहोर उठेकाे छ । सिंहदरबारको फोहोर सोमबारदेखि उठ्न थालेको काठमाडाैं नगरपालिकाले जनाएकाे छ ।
सर्वोच्च अदालतले शुक्रबार काठमाडौं महानगरपालिकालाई तीन दिनभित्र फोहोर उठाउन निर्देशन दिएपछि सोमबारदेखि सिंहदरबारको फोहोर उठ्न थालेकाे हाे ।
मेयर बालेन्द्र साह(बालेन) फोहोर व्यवस्थापन गर्ने कम्पनीलाई फोहोर नउठाउन भनेपछि २६ चैतदेखि सिंहदरबार क्षेत्रको फोहोर उठेको थिएन ।

