फ्लाइ दुबई सुरक्षित रुपमा गन्तव्यतर्फ जाँदैछ : पर्यटनमन्त्री



काठमाडौं,बैशाख ११ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन विमानस्थलबाट उडेको फ्लाइ दुबईको जहाज सुरक्षित रुपमा गन्तव्यतर्फ गएको बताएका छन् ।

विमान गन्तव्यतर्फ गएको मन्त्री किरातीले फेसबुकमार्फत जानकारी दिएका हुन् । उनले लेखेका छन् , ‘फ्लाइ दुबई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदैछ, कोही चिन्ता नगर्नुहोला, सबैलाई शुभयात्रा ।’

सोमबार त्रिभुवन विमानस्थलबाट उडेको केहीबेरमा विमानमा आगलागी भएको देखिएको थियो । त्यसपछि त्रिभुवन विमानस्थल नागरिक उड्डयन प्राधिकरणले विमान फर्किन सक्ने बताएको थियो । तर विमान अवतरण नगरिकन गन्तब्यतर्फ गएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्