मकवानपुरमा ट्याक्टर पल्टीदा ३ जनाको मृत्यु



हेटौँडा,बैशाख १२ । पश्चिम मकवानपुरको मनहरी गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

मनहरी गाउँपालिका स्थित वडा नंबर ३ कालिदमार भएको दुर्घटनामा ३ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा २४ वर्षका सरोजकुमार प्रजा, ३० वर्षका बिरमान रुम्बा र २० वर्षका प्रविण प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए ।

कालिदमार स्थित भित्रि सडक(खण्डमा मिलडाँडा तर्फ बाट हाँडिखोला तर्फ जादै गरेको मधेश प्रदेश ०३–००१ त ७१८८ नंबर को ट्याक्टर आफै अनियन्त्रित भई सडकमा पल्टिन गई दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्