छ्हरे टोखा सुरुङ मार्गका लागि शहरी विकास मन्त्रालयले थाल्यो शिवपुरीका स्थानीयसग छलफल



नुवाकोट,बैशाख १३ । छ्हरे टोखा सुरुङ मार्ग निर्माणका लागि शहरी विकास मन्त्रालयले स्थानीयसंग छलफल गरेको छ ।

बुधबार चापको बोटस्थित एक होटलमा भएको कार्यक्रममा प्रभावित क्षेत्र शिवपुरी गाउँपालिका वडा नम्बर ७ र ८ का स्थानीय नागरिकसग छलफल गरेको हो ।

मन्त्रालयले सुरुङको प्रबेश बिन्दु बोहोरे खोला रहने जानकारी दिदै सो क्षेत्रका प्रभावित शिवपुरी गाउँपालिका ७ र ८ को सिमामा पर्ने भएकाले स्थानीय उद्योग, व्यापार, ब्यबसाय, सिंचाइ, सडक, पर्यटन अदि क्षेत्रमा प्रत्यक्ष असरका विषयमा स्थानीयसंग छलफल गरेको थियोे ।

सुरुङ्ग मार्गको बिषयमा प्रारम्भिक जानकारी दिदै मन्त्रालयले भावी योजनामा समेत दुबै वडाको सहभागिता, छलफल र निचोड हुनुपर्ने समेत जनाएको छ । कार्यक्रममा शहरी विकास मन्त्रालयका प्रतिनिधि, स्थानीय वडा जनप्रतिनिधि, स्थानीय नागरिकको सहभागिता रहेकोे थियोे ।

चार दशमलव पाँच किलोमीटर रहेको सुरुङ्ग मार्गका लागि सरकारले वर्षेनी बजेट विनियोजन गर्दै आइरहेको छ । आर्थिक वर्ष ०७७/७८को बजेटमा समेत सरकारले ६ अर्व ४२ करोड रकम बिनियोजन गरेको थियोे ।

प्रतिक्रिया दिनुहोस्