देशभरका ३३ निर्माण व्यवसायीहरुको लाइसेन्स खारेज (नामावलीसहित)



काठमाडौं,बैशाख १४ । सरकारले निर्माण व्यवसायीहरुको इजाजतपत्र (लाईसेन्स) खारेज गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ३३ निर्माण व्यवसायीहरुको लाइसेन्स खारेज गरेको हो ।

मन्त्रालयको निर्माण व्यवसाय प्रवद्र्धन शाखाका अनुसार चैत मसान्तसम्म नविकरण नगरेका व्यवसायीहरुको लाइसेन्स स्वतः खारेज भएको जनाएको छ ।

‘निर्माण व्यवसायीहरुलाई मन्त्रालयले आर्थिक वर्ष २०७९/८० का लागि २०७९ चैत मसान्तभित्र इजाजतपत्र नवीकरण गर्न भनिएको थियो । तर, चैत मसान्तसम्म नविकरण नगरेपछि लाइसेन्स खारेज गरिएको हो ।’ –मन्त्राललयले जारी गरेको सूचनामा भनिएको छ ।

निर्माण व्यवसायी ऐन २०५५ को दफा ७ को उपदफा ३ बमोजिम इजाजतपत्र स्वतः खारेज गरिएको मन्त्रालयको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्