चट्याङ लागेर एक जनाकाे मृत्यु, दुई घाइते



ताप्लेजुङ,बैशाख १४ । ताप्लेजुङमा बुधबार राति चट्याङ लागेर एक जना बालकको मृत्यु भएको छ । ताप्लेजुङ चट्याङ लागेर एकै परिवारका एक जनाकाे मृत्यु भएको छ भने दुई जना घाइते भएका हुन् ।

असिना पानीसँगै परेको चट्याङ लागेर मैवाखोला गाउँपालिका–४ साँघु चित्रेका ११ वर्षीय दोर्ची शेर्पाको मृत्यु भएको प्रहरीले बताएकाे हो ।

घटनामा मृतक दोर्चीका बुबा दारिञ्जी र आमा मिङ्लाल्हमु सख्त घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्