मिटर ब्याज पिडितलाई फारम भर्न गोरखा प्रशासनको आग्रह



गोरखा,बैशाख १५ । जिल्ला प्रशासन कार्यालय गोरखाले शुक्रबार एक सूचना जारी गर्दै आफु मिटर ब्याज पिडित भएको भए फारम भर्न अनुरोध गरेको छ ।

प्रशासनले सूचना जारी गर्दै अनुचित लेनदेन (मिटरब्याज) पीडितहरुलाई गोरखा प्रशासनको सहायता कक्षमा सम्पर्क राखी फारम भर्न भनेको हो ।

सूचनामा ‘अनुचित लेनदेन (मिटरब्याज) सम्वन्धी जाँचबुझ आयोग, २०७९ ले मिति २०८० साल बैशाख १४ गते अनुचित लेनदेन (मिटरब्याज) पीडितलाई फारम भराउने सम्वन्धी प्रेस विज्ञप्ति सार्वजनिक गरेको’ भन्दै प्रशासनले ‘जिल्ला भित्र रहेका अनुचित लेनदेन (मिटरब्याज) पीडितहरलाई यस कार्यालयको सहायता कक्षबाट निवेदन फारम उपलब्ध गराई भराउने ब्यवस्था समेत मिलाईएकोले आफ्नो सबुद प्रमाण सहित यहि मिति २०८० साल बैशाख १७ गतेदेखी १५ दिन भित्र निवेदन पेश गर्नुहुन सम्वन्धित सबैमा यो सूचना जारी गरिएको छ’ भनिएको छ ।

सूचनामा भनिए अनुसार जिल्ला भित्र रहेका पीडितहरुले बैशाख मसान्तसम्ममा सबुत प्रमाण लिएर गोरखा प्रशासनको सहायता कक्षमा सम्पर्क गरेर फारम भर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्