‘नेपाल व्यवसाय शिखर सम्मेलन, २०८०’ वैशाख २४ मा, ‘प्रधामन्त्रीले उद्घाटन गर्ने, ओलीले समापन’
काठमाडौं,बैशाख १६ । वैशाख २४ गते ‘नेपाल व्यवसाय शिखर सम्मेलन, २०८०’ आयोजना हुने भएको छ । नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल विजनेश इन्स्टिच्युटको संयुक्त आयोजनामा उक्त सम्मेलन हुन लागेको हो ।
सिबिफिनले वैशाख १५ गते काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी सम्मेलन हुन लागेको जानकारी दिएको हो । यस सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले र समापन पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने जानकारी आयोजकले दिएको छ ।
‘अर्थतन्त्रका वर्तमान चुनौति तथा समृद्धिको मार्गचित्र’ मूल विषयवस्तु रहेको उक्त सम्मेलनमा नेपालको वर्तमान आर्थिक एवम् बैंकिङ अवस्था, चुनौती तथा समाधानका उपायहरुमा गहन विचार विमर्स हुनेछ ।

