सडकमा उफ्रेकै भरमा ‘कोशी प्रदेश’ नाम फिर्ता हुँदैनः अध्यक्ष ओली
काठमाडाैँ,बैशाख १६ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा उफ्रेकै भरमा ‘कोशी प्रदेश’ नाम फिर्ता नहुने बताएका छन् ।
शनिबार पाँचथरको फिदिममा आयोजित कार्यकता भेलालाई सम्बोधन गर्दै ओलीले भने, दुईचार जना केटा सडकमा उफ्रँदैमा नामकरण परिवर्तनको सम्भावना छैन। म भन्न चहान्छु, जनताबाट दुई तिहार्इ मत ल्याएर नाम संशोधन गरेर देखाओ।’
अध्यक्ष ओलीले प्रदेशसभाबाट विधि र प्रक्रियामा छिरेर गरिएको नाम कुनै हालतमा फिर्ता नहुने दाबी गरे । अध्यक्ष ओलीले नाम खारेजीको माग गर्दै आन्दोलनरत पक्षलाई आन्दोलन छोडेर विकास निर्माणमा जुट्न सुझाव दिएका हुन् ।

