महावीर पुनको आन्दोलनमा रवि लामिछानेको समर्थन



काठमाडौं,बैशाख १६ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको जारी आन्दोलनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समर्थन जनाएका छन् ।

लामिछानेले माइतीघर पुगेर आन्दोलनमा ऐक्यवद्वता जनाएका हुन् । पुनले ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’ को कार्य अघि बढाउनु पर्ने तथा अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने नेपालीका लागि प्रत्येक वर्ष संघीय र प्रदेश सरकारले कम्तिमा १ प्रतिशत रकम छुट्याउनु पर्ने लगायतका माग राखेर धर्नामा बसेका हुन् ।

यसअघि आजै पुनको आन्दोलनमा ऐक्यवद्वता जनाउन राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरू पनि माइतीघर पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्