छहरे-टोखा सडकमा घण्टौको जाम
तस्बिर: बिष्णु रिजाल
नुवाकोट,बैशाख १८ । छहरे – टोखा सडकमा सवारीसाधन घण्टौको जाममा फसेको छ । सोमबार साँझदेखि छहरे-काफलडाडा सडकखण्डमा सयौं गाडी जाममा फसेको हो ।
थानापतिका स्थानीय बिष्णु रिजालका अनुसार घण्टौ फसेको सवारीसाधन सञ्चालनमा आएपनि गल्छि नुवाकोटको सडक अवरुद्ध संगै सवारीसाधनको चाप बढेको छ ।
बिदामा छुट्टी मनाउन नुवाकोट आवतजावत गर्ने सवारीसाधन समेत मारमा परेका छन् । सडकखण्डको बोहोरेखोला छहरे सडक स्तरोन्नतिका चरणमा रहेको र थप वर्षाले हिलाम्मे भएपछि सवारीसाधन फसेको प्रहरीले जनाएको छ ।
हिलोका कारण कतिपय ईमर्जेन्सी एम्बुलेन्स समेत फसेका छन् । प्राथमिकताको आधारमा सवारीसाधन आवागमन खुलाउन स्थानीय युवाहरू लागिपरेको बुझिएको छ ।

