नुवाकोटका एमाले नेता घिमिरे काठमाडौको एक होटलमा अर्धचेत अवस्थामा भेटिए
काठमाडौं, बैशाख १८ । नुवाकोटका एमाले नेता नारायण घिमिरे काठमाडौको एक होटलमा अर्धचेत अवस्थामा भेटिएका छन् ।
नेकपा एमालेका बागमती प्रदेश कमिटी सदस्य समेत रहेका घिमिरे काठमाडौस्थित जमलमा रहेको कैलाश होटलमा अर्धचेत अवस्थामा भेटिएका हुन् ।
विष खाएको अवस्थामा अर्धचेत घिमिरेलाई प्रहरीले उद्दार गरी वीर अस्पताल भर्ना गराएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सीताराम रिजालले बताए । उनी शनिबारदेखि सो होटलमा बस्दै आएको बुझिएको छ ।

