नेपाललाई पहिलो ओभरमै झट्का
काठमाडौं,वैशाख १९ । एसीसी कप क्रिकेटको फाइनलमा यूएईविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको नेपाललाई सुरूवातमै झट्का लागेको छ ।
यूएईले दिएको ११८ रनको सामान्य लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको नेपालले कुशल भूर्तेललाई गुमाएको हो । नेपालले १.२ ओभरमा रोहन मुस्ताफाको बलमा कुशल भूर्तेल आउट भएका छन् ।
ताजा अवस्थामा नेपाल ३ ओभरको खेल चलिरहँदा एक विकेट गुमाउँदै ५ रन बनाएर खेलिरहको छ ।

