बझाङमा यार्चा टिप्न गएकी महिला बेपत्ता



बझाङ,बैशाख १९ । बझाङमा यार्सागुम्बा संकलन गर्न गएकी एक महिला बेपत्ता भएकी छन्।

सुर्मा गाउँपालिका–१ बेवडी घर भएकी ३२ वर्षीया झल्ला देवी बोहरा हिमपहिरोमा परी बेपत्ता भएकी हुन् । उनी सुर्मा गाउँपालिकाको पार्थी हिमालको वनमा यार्सा संकलन गर्न ९ गते घरबाट गएकी थिइन ।

२/३ दिन देखि लगातार पानी संगै हिमपात भए पछि उनी घर फर्किने क्रममा हिमपहिरामा परेर बेपत्ता भएको वडा नम्बर १ का वडा अध्यक्ष दिनेश बहादुर बाेहराले बताए ।

उनी संगै हिमपहिरामा परेर घरपालुवा कुकुर समेत बेपत्ता भएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारी का अनुसार बेपत्ताकाे खाेजिका लागि जिल्ला बाट प्रहरीकाे टाेलि परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्