६ महीनामा आठौं पटक मन्त्रीमणडल विस्तार : गुरुङ, बस्नेत र लिम्बू बने मन्त्री
काठमाडौं,बैशाख २१ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत पुस १० गते प्रधानमन्त्री भएयता बुधवार आठौं पटक मन्त्रिमण्डल पुनर्गठन र विस्तार गर्नुभएको छ ।
प्रधानमन्त्री नेतृत्वको मन्त्रिमण्डलमा तीन जना मन्त्री थपिएका छन् । प्रधानमन्त्री दाहालको सिफारिसमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्रीमा डिगबहादुर लिम्बू नियुक्त भएका हुन ।
गत पुस ११ गते गठित मन्त्रीपरिषद्मा नेपालको संविधानअनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उनीहरुलाई नियुक्त गरी कार्यभार तोकिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

